Friday, June 5, 2026

बारामा लागुऔषध सहित महिला पक्राउ

spot_img

कलैया, २६ कार्तिक । नेपाल प्रहारी र सशस्त्र प्रहरीको संयुक्त टोलीले बारामा प्रतिबन्धित लागु औषध सहित एक महिलालाई पक्राउ गरेको छ।

बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–१८ लामिडाँडा बस्ने माईला भन्ने पाल लामाको घरमा बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी नायब निरीक्षक दलबहादुर श्रेष्ठको कमाण्डमा र सशस्त्र प्रहरी.बल नं.१२ गण हे.क्वा. उत्तर झिटकैयाबाट सशस्त्र प्रहरी नायब निरीक्षक तिलक बहादुर गुर्मछानको कमाण्डमा खटिएको टोलिले सो लागु औषध बरामद गरेको हो।

लागु औषधसहित १९ हजार तीन सय ९० रुपैयाँ सहित ४० वर्षीय माईली थिङलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय सिमरामा ल्याई राखिएको सिमराका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक वेद जोशीले जानकारी दिएका छन्।

उनका अनुसार ६ किलो पाँच सय २० ग्राम गाँजा बरामद गरिएको छ। ट्रमाडोल लेखिएको १८ पत्तामा १८० ट्याबलेट,स्टास्मो लेखिएको १३ पत्तामा ६२० ट्याबलेट, एन्टीकफ लेखिएको ३ पत्ता १३५ ट्याबलेट, स्टागन २५ लेखिएको २२ पत्ता २२० ट्याबलेट बरामद गरेको डिएसपी जोशीले जानकारी दिए ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर