Sunday, September 27, 2026

पर्सामा किराना पसलमा लागुऔषध बिक्री गर्दै आएका वृद्ध पक्राउ

Advertisement
Advertisement

वीरगञ्ज,२७ कात्तिक । पर्सा प्रहरीले ८ किलो लागुऔषध गाँजा सहित ७१ वर्षीय एक वृद्धलाई पक्राउ गरेको छ।

पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका वडा नं. ३२ चोर्नी बस्ने खेदु महतो धानुकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिबहादुर वस्नेतले जानकारी दिएका छन् ।

किराना पसलमा लागु औषध गाँजा बिक्री वितरण लगायतको कारोबार गरिरहेको छ भन्ने विशेष सूचनाको आधारमा प्रहरीले खानतलाशी गरेको हो। वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरी टोलीले उनको पसल पछाडी पट्टी रहेको कोठामा निलो रंगको प्लाष्टिकको ड्रममा लुकाई छिपाइ राखिएको लागु औषध गाँजा ८ के.जी फेला परेको हो ।

धानुकलाई नियन्त्रणमा लिइ विरुद्ध लागु औषध सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिइ थप अनुसन्धान कार्य भइरहेको डिएसपी बस्नेतले जानकारी दिए ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर