Sunday, September 27, 2026

सडक दुर्घटना न्यूनीकरण गर्न कलैया उपमहानगरको ‘रिफ्लेक्टिभ स्टिकर’ अभियान

Advertisement
Advertisement

कलैया,०४ मंसिर । बाराको कलैया उपमहानगरपालिकाले सडक दुर्घटना न्यूनिकरण तथा जनचेतना अभिवृद्धिका लागि रिफ्लेक्टिभ स्टिकर टाँस्ने अभियान सुरु गरेको छ।

कलैया-वीरगंज सडकखण्डको मनगढवा पूल देखि पसाहा पूल सम्म हरेक पुल र सडक पेटी छेउमा रहेको पिलरहरुमा रात्रीको समयमा गाडीको लाईटले टल्किने रिफ्लेक्टिभ स्टिकर टास्ने कार्य उपमहानगरपालिकाले सुरु गरेको हो। उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नाथु साहले यस अभियानको उद्घाटन गरेका हुन ।

सबै पुल र सडक पेटी छेउमा रहेका पिलरहरूमा रात्री समयमा सवारी साधनको हेडलाइटले टल्किने रिफ्लेक्टिभ स्टिकर टाँस्ने कार्य सुरु गरिएको हो। यसले दुर्घटना न्यूनिकरण मा सहयोग पुग्ने साहले बताएका हुन्।

उपमहानगरपालिकाले रातीको कम दृश्यता, तीव्र गति, र अध्यारो क्षेत्रमा पिलर तथा संरचना नदेखिनुका कारण हुने दुर्घटना रोकथाम उद्देश्यले यो अभियान सञ्चालन गरेको हो। रिफ्लेक्टिभ स्टिकर टाँसिएपछि चालकहरूले दूरी तथा संरचना सहजै पहिचान गर्न सक्नेछन्। दुर्घटनाबाट मध्यराति तथा बिहान सबेरै हुने जोखिम कम हुने अपेक्षा गरिएको छ।

उपमहानगरपालिकाले अन्य जोखिमयुक्त सडक खण्डहरूमा पनि यस्ता सुरक्षा सामग्री विस्तार गर्ने योजना रहेको वातावरण तथा विपद् व्यवस्थापन शाखाका भुलन साहले जानकारी दिए।

उक्त अभियानका क्रममा वडा नं १८ का वडा अध्यक्ष धुरुप राउत अहिर,अस्थायी ट्राफिक पोस्ट कलैयाका प्रमुख तेज कुमार मिश्रा, नगर प्रहरी र वातावरण शाखाको टोलीको उपस्थिति रहेको हो।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर