कलैया, ८ मंसिर। नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य घटेको छ । आज छापावाला सुन तोलाको १९ सय रुपैयाँले घटेर २ लाख ४२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन आइतबार सुन तोलाको २ लाख ४४ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै चाँदीको मूल्य पनि घटेको छ । अघिल्लो दिन आइतबार तोलाको ३ हजार १ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार घटेर ३ हजार १ सय १५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
















