Friday, June 5, 2026

बारामा कम्बाइन मेसिनको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

spot_img

कलैया,१० मंसिर । बारामा धान झार्ने कम्पाइन मेसिनको ठक्करले सोमबार राती एक मोटरसाईकल चालकको ज्यान गएको छ ।

जिल्लाको महागढीमाई नगरपालिका स्थित इनर्वा चोक नजिक भुतही पुलमा सोमबार राति मधेस प्रदेश ०३–००१ त ८३२० नम्बरको कम्बाइन मेसिनले मोटरसाईकललाई ठक्कर दिएका हो । ठक्करबाट मोटरसाईकल चालक रौतहट मौलापुर नगरपालिका–३ गम्हरिया वस्ने अन्दाजी २२ वर्षीय रुपेश साह सोनारको ज्यान गएको प्रहरीले जनाएको छ।

ठक्करबाट सोनारको घटनास्थलमै मृत्यु भएको हो भने उनिसंगै मोटरसाईकलमा पछाडी सवार उनका साला बाराको कोल्हवी नगरपालिका वडा नम्बर १ का करिब २६ वर्षीय सुनिल साह सोनार गम्भीर घाइते भएका छन् ।

घाईते सुनिलको थप उपचारको लागि काठमाडौं पठाइएको बताईन्छ । रुपेशले चलाएको अपाची मोटरसाइकलको नम्बरसमेत खुल्न नसक्ने गरी जलेर पूर्णरुपमा नष्ट भएको छ ।

मोटरसाईकललाई ठक्कर दिने कम्पाइन मेसिनका चालक भने फरार रहेको र उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बारा स्रोतबाट खुल्न आएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर