कलैया, १० मंसिर। मधेश प्रदेश सरकारले अब देखि बेरोजगार युवालाई मासिक २ हजार भत्ता दिने भएको छ । आज पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री सरोज कुमार यादवले मधेश प्रदेशमा रहेका १८ वर्षदेखि ३५ वर्ष उमेरसम्मका स्नातक उत्तीर्ण गरी कुनै रोजगारमा नरहेका युवाहरूलाई जीवन निर्वाह भत्ता बापत मासिक २ हजारको दरले भत्ता उपलब्ध गराउने जानकारी दिएका छन्।
उनले प्रदेशमा करिब १ लाख ४८ हजार यस्ता युवा रहेको तथ्यांक संकलन गरिएको जानकारी दिए । यस्तै, मधेश प्रदेशमा खडेरी र डुबानबाट भएका धानबालीमा क्षति व्यहोरेका किसानहरुलाई प्रतिकठ्ठा १ हजार ५ सय रुपैयाँ राहत समेत उपलब्ध गराउने मुुख्यमन्त्री यादवले पत्रकार सम्मेलनमा जानकारी दिए ।
उनले भने, “किसानहरूलाई राहत स्वरूप १५०० रुपैयाँ प्रतिकठ्ठा राहत स्वरूप उपलब्ध गराउने प्रक्रियामा छ । कृषि मन्त्रालयबाट प्राप्त तथ्यांक अनुसार यसरी वितरण गर्दा ३६ करोड रुपैयाँ लाग्ने अनुमान छ ।”
















