Sunday, September 27, 2026

जेनजीको नाममा द्वन्द फैलाउने प्रयासप्रति जेनजी एण्ड युथ अफ बाराको गम्भीर ध्यानाकर्षण

Advertisement
Advertisement

कलैया, १० मंसिर । जेनजी एण्ड युथ अफ बाराले जेनजीको नाममा विभिन्न व्यक्ति तथा संस्थाहरुले समाजमा द्वन्द फैलाउने काम भइरहेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। कलैया उपमहानगरपालिकाको अध्यक्ष सौरभ पाण्डेयले एक प्रेस विज्ञप्ति जारी गरी यसमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन्।

“जेनजीको नाममा कसैलाई धाक धम्की दिन आफ्नो व्यक्तिगत स्वार्थ र फाइदाको लागी जेनजीको नाम लिई तोडफोड, कै भगडा र नकारात्मक कार्य गर्दै आइरहेकोमा हामि जेनजी एण्ड युथ अफ बाराको गम्भिर ध्यानाकषर्ण भएको छ” विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्तिमा भनिएको छ, “हाम्रो जेनजी एण्ड युथ अफ बाराले विभिन्न सकरात्मक कार्य जस्तै सरसफाई, ३ कि.मि. रोडको लागी हस्ताक्षर अभियान, भ्रष्टचार विरुद्ध आवाज, शिक्षा, स्वास्थ्य र खेलकुद क्षेत्रको विकासको लागि कार्य गर्दै आइरहेको जानकारी नै होला विज्ञप्तिमा स्मरण गराइएको छ। यसै साथमा अनैकिता र आफ्नो स्वार्थको लागी हामी संगठित भएका हैनौ भनि यस विज्ञप्तिबाट प्रस्ट पार्न चाहन्छौं”

हालैमा बिभिन्न ठाँउहरुमा जेनजीको नाम लिई हाम्रो संगठनलाई असर पार्ने गरी कियाकलाप भैरहेको हुँदा समाजमा द्वन्द फैलाउने, जेनजीको नाममा कसैलाई धाक धम्की दिने तथा कानुन विपरित तोडफोड, झैँ–झगडा कुनै प्रकारको चन्दा तथा फिरौति माग्ने र नकारात्मक सन्देश दिने जो सुकैलाई कार्वाही गर्न जेनजी एण्ड युथ अफ बाराले सरकारसँग माग गरेको छ ।

कुनै पनि नकरात्मक कार्य गर्ने लाई साथ सहयोग नगर्ने, बचाउ नगर्ने साथै कुनै कार्यमा सहभागी समेत नगराउने हामी जेनजी एण्ड युथ अफ बाराले जनाएको छ ।

“हाम्रो समुह जेनजी एण्ड युथ अफ बाराले समिति गठन गरी आफ्नो गाँउ ठांउको स्वास्थ्य, शिक्षा र पूर्वाधार विकासको लागी आवाज उठाउने र विकासका कार्यमा युवाहरुको सहभागिता गराउने कार्यप्रति अग्रसर हुनेछौ” विज्ञप्तिमा भनिएको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर