Wednesday, July 22, 2026

बारामा एक पुरुषको घाँटी रेटी हत्या

कलैया,१२ मंसिर । बाराको प्रसौनी गाउँपालिका–६ मा एक पुरुषको घाँटी रेटेर हत्या गरिएको छ।

सर्लाहीको धनकौल गाउँपालिका वडा नम्बर २ निवासी अन्दाजी ४२ वर्षीय राम किशोर सिंहको गएराति हत्या भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिएका छन्।

डीएसपी पण्डितका अनुसार घटनास्थलमा पुगेका प्रहरी टोलीले मुचुल्का उठाउने, प्रारम्भिक प्रमाण संकलन गर्ने तथा स्थानीयवासीसँग बयान लिने कार्य गरिरहेको छ।

प्रारम्भिक अनुसन्धानमा घाँटी रेटेर हत्या गरिएको पुष्टि भएको छ। घटनाबारे थप अनुसन्धान कार्य भइरहेको डीएसपी पण्डितले जानकारी दिए ।

मृतक सिंह प्रसौनीस्थित किरण वेबरेज नेपाल प्रा.लि ( नेपाल नीर पानी ) का व्यवस्थापक रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर