Sunday, September 27, 2026

उद्योग व्यवस्थापक रामकिशोर सिंहको हत्यामा संग्लन रहेको आरोपमा दुई जना पक्राउ

Advertisement
Advertisement

कलैया, १४ मंसिर । बाराको प्रसौनी गाउँपालिका वडा नं. ६ मा रहेको पानी उद्योग किरन बेभरेज नेपाल प्राइभेट लिमिटेडका व्यवस्थापक रामकिशोर सिंहको हत्याको घटनामा संलग्न रहेको आरोपमा बारा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पर्साको वीरगंज महानगरपालिका वडा नं.२२ मनियारीका २१ वर्षीय राजनकुमार राम,सोही ठाउँका ३२ वर्षीय प्रमोद साह तुरहा रहेको जिल्ला प्रहरी कार्यालय बाराका निमित्त प्रवक्ता एवम् प्रहरी निरीक्षक खेमप्रसाद नेपालले जानकारी दिए।

प्रहरीले रगत लागेको फलामको छुरा एक थान, र रगत लागेको ईट एक थान दसीको रुपमा बरामद गरेको छ। मंसिर ११ गते बेलुका किरन बेभरेज उद्योग भन्दा २५ मिटर उत्तर तर्फ अगाडीको खाल्डोमा सर्लाही धनकौल गाउँपालिका वडा नं.२ घर रहेका ५० वर्षीय उद्योगका व्यवस्थापक रामकिशोर सिंहलाई धारिलो हतियारको प्रयोग गरी हत्या गरी फालेको अवस्थामा शव फेला परेको थियो।

वर्ष २१ को राजनकुमार राम सोही पानी फ्याक्ट्रीमा चालकको रूपमा काम गर्दै आईरहेका थिए। गत सालको गढीमाईको मेलाको वखत गाडीको कलच प्लेट जलाएको कारण निज मृतक र राजन कुमार रामको बिच झै–झगडा भएको थियो। उनले काम छाडी गएकोमा पुनः २०८२ कात्तिक १ गते देखी २०८२ मंसिर १० गते सम्म काम गरेका थिए। निजले चालकको काम गर्दा फ्याक्ट्रीले तोकेको पानीको बिक्री मुल्य रू.११० लाई रामले आफ्नो व्यक्तिगत मुनाफाको लागी उक्त पानी रू.११५/१२० बजारमा बेच्दै आएको कुरा निज मृतकले थाहा पाएका थिए।

यसपछि उनले मंसिर १० गते कामबाट हटाएका थिए। मृतकले रामको हिसाब किताब गरी रकम समेत फर्छौट गरेका थिए। सोही रिसईवीलाई लिई निज राजन कुमार राम र निजको साथी प्रमोद साह तुरहा वीरगंजमा संगै बसी जाँड रक्सी खाई हत्या गर्ने योजना बनाएका थिए।

सिंह फ्याक्ट्रीमा रहेको अवस्थामा दुबै जना आई साथमा बोकी ल्याएका धारिलो हतियार छुरा र ईट को प्रयोग गरी विभत्स हत्या कसुर गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको प्रहरीले जनाएको छ।

सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट तत्काल घटनास्थलमा प्रहरी पुगी घटनामा संलग्न रही तत्काल फरार रहेका व्यक्तिहरूको खोजतलाश तथा पहिचान गरी जिल्ला प्रहरी कार्यालय पर्सा समेतको समन्वयमा जिल्ला पर्सा छिपहरमाई गाउँपालिका वडा नं.५ भिस्वाको नाकाबाट भारत तर्फ भाग्दै गरेको अवस्थामा राजन कुमार रामलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

प्रमोद साह तुरहालाई वीरगंज महानगरपालिका वडा न.२२ मा लुकिछिपि बसेको अवस्थाबाट प्रहरीले पत्ता लगाई करिब १६ घण्टा भित्र प्रभावकारी रूपमा प्रहरी परिचालन गरी पक्राउ गरेको हो।

बारा जिल्ला अदालतबाट सात दिनको म्याद लिई बारा प्रहरीले उनीहरुमाथि थप अनुसन्धान कार्य गरिरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर