Sunday, September 27, 2026

प्रहरी सहायक निरीक्षक रागनी कुमारी यादव ४० हजारसहित ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित

Advertisement
Advertisement

कलैया,१४ मंसिर । इलाका प्रहरी कार्यालय गरुडामा दरबन्दी भई जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत प्रहरी सहायक निरीक्षक रागनी कुमारी यादव नेपाल भरीमै ” सर्वोत्कृष्ट प्रहरी ” घोषित भएकी छिन् ।

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले लैंगिक हिंसाको १६ दिने अभियान अन्तर्गत आयोजित कार्यक्रमको अवसरमा रागनीलाई ४० हजार नगद पुरष्कार तथा प्रशंसापत्रसहित “सर्वोत्कृष्ट प्रहरी ” घोषित गरेका हुन्।

नेपाल प्रहरीको विभागीय निति निर्देशन र आदेको परिपालना गर्दै महिला,बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको जिम्मेवारीलाई पुर्ण व्यावसायिक तवरले सम्पादन गरि लैङ्गिक हिंसा न्यूनीकरण एवम् लैङ्गिक उत्तरदायी प्रहरी सेवा प्रवाहमा उत्कृष्ट कार्य सम्पादन,उल्लेखनीय योगदान तथा प्रेरणादायी भुमिका निर्वाह गरेको भन्दै उनि “सर्वोत्कृष्ट प्रहरी ” घोषित भएकी हुन् ।

आर्थिक वर्ष २०८१/०८२ को लैंगिक हिंसाको तथ्यपत्र सार्वजनिकीकरण कार्यक्रमको अवसरमा महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रहरुमा कार्यरत प्रहरी कर्मचारी मध्ये कार्य सम्पादनको आधारमा उत्कृष्ट प्रहरी कर्मचारी छनौट समिति द्वारा कुमारी सहित नाम छनौट भएको हो।

यसैगरी ३० हजार नगद सहित प्रहरी चौकी बालकोट अर्घाखाँचीमा दरबन्दी भई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा कार्यरत शान्ता खत्री द्वितीय भएकी छिन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा रहेकी प्रहरी हवल्दार उमा तामाङ्ग २० हजार रुपैयाँ नगद तथा प्रशंसापत्र सहित तृतीय भएर सम्मानित भएकी हुन्।

प्रहरी नायब निरिक्षक पूर्णिमा थापा तथा प्रहरी सहायक निरीक्षक साजना प्रसाईलाई नगद १० हजार सहित सान्त्वना पुरष्कार दिइएको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर