Sunday, September 27, 2026

पर्सामा २९ केजी लागु औषध गाँजासहित एक जना पक्राउ

Advertisement
Advertisement

वीरगञ्ज,१५ मंसिर । पर्सा प्रहरीले लागु औषध गाँजा सहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारत विहार जिल्ला वेतीया ग्राम मुसहरी पञ्चायत वडा नं.१३ मुसहरी बस्ने ६५ वर्षीय गामा विन रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। उनीसंग लागु औषध गाँजा जस्तो देखिने पदार्थ बोरा र प्लाष्टिक वाहेक २९ के.जी. बरामद भएको छ।

पर्सा जिल्लाको जिराभवानी गाउँपालिका वडा नं.५ शंकरसरैया स्थित बाँसबारीमा लागु औषध ओसार पसार कार्य भइरहेको भन्ने बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा बाँसघारीमा उनलाई पक्राउ गरिएको हो।

गामा विनले प्लाष्टिकको १ वटा बोरा आफ्नो पिठयुमा भिरेको र अर्को बोरा टाउकोमा बोकी लुकाइ छिपाइ राखिएको लागु औषध गाँजा जस्तो देखिने पदार्थबोरा र प्लाष्टिक वाहेक २९ के.जी. फेला परेको हो।

बरामद लागु औषधसहित गामा विनलाई नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याइ लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर