Sunday, September 27, 2026

बारामा संविधान संशोधन तथा पुनलेखनसहित २८ बुँदे माग गर्दै जसपाको अढाई घण्टा धर्ना

Advertisement
Advertisement

कलैया,१९ मंसिर  । सबिधान संशोधन तथा पुन लेखन गर्न लगायतको माग गर्दै जनता समाजवादी पार्टी बाराले शुक्रबार जिल्ला प्रशासन कार्यालय बारा अगाडी अढाई घण्टा धर्ना दिएको छ ।

जसपा नेपालले आफनो केन्द्रिय कार्यालय अनुसार स्थानीय प्रशासन कार्यालय अगाडी मध्यान्ह साढे ब्राह बजे देखिदिउसो तीन बजे सम्मका लागि धर्ना दिईएको हो ।

मलखादको ब्यवस्था गर, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र कायम गर, स्थानिय तहलाई प्रादेशिक क्षेत्र अधिकार भित्र कायम गर , जनताद्वारा निर्वाचित प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको ब्यवस्था गर , किसानहरुलाई सहुलियत दरमा कृषि ऋण उपलब्ध गर , प्रदेशहरुका लागि प्रहरी र कर्मचारी समायोजन लागु गर , नेपाल सरकारले गर्ने राजनितिक नियुक्तिहरुमा भागबन्डाको अन्तय गर , उँखु किसानहरुको भ्याटको पैसा रु ३५ प्रतिशत भुक्तानी गर लगायतको २८ बुँदे माग गर्दै जसपा बाराले प्रशासनमा धर्ना दिईएको हो ।

जसपा नेपाल बाराका अध्यक्ष रमेश कुमार यादवको अगुवाईमा भएको हो । उक्त धर्ना कार्यक्रममा जसपा नेपालका केन्द्रीय सदस्यहरू रामकिशोर प्रसाद यादव, मा. आत्माराम साह, मा. रामबाबु कुमार यादव, मा. बच्चा प्र. यादव, उमरावती देवी, महेन्द्र यादव, अशोक कुमार जैसवाल, सिकेन्द्र दास, अनुरुध राउत, बिनोद यादव, राजेन्द्र यादव, अंगद कुमार सहनी, विजय यादव, शम्भु गुप्ता, पिकी कुमारी, विश्वनाथ यादव, छोटेलाल साह, कुशेश्वर साह, मनोज पटेल,मनोज यादव,रौशन यादव,पन्नालाल कुमार यादव,उषा पटेल,रशना यादव,शैलेन्द्र यादव,सबिता पटेल,सुमित्रा चौधरी,भानु प्र.यादव,शिवेन्द्र प्रताप सिंह,रामबाबु प्र.यादव,उपेन्द्र यादव,नरेश यादव,संजु साह लगायतका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर