रौतहट,२४ मंसिर । रौतहटको बृन्दावन नगरपालिकामा १२ करोड बढीको विकास निर्माणकार्यको लागि शिलान्यास गरिएको छ ।
रौतहट क्षेत्र नम्बर ४ का प्रदेश सांसद युवराज भट्टराई ‘समीर’ ले बुधवार एक कार्यक्रमका बीच महत्त्वपूर्ण पूर्वाधार विकास निर्माणकार्यको विधिवत रूपमा शिलान्यास गरेका हुन् ।
मधेस प्रदेश सरकारको कुल १२ करोड ७८ लाख रुपैयाँको लागतमा जिल्लाको बृन्दावन नगरपालिका अन्तर्गत बिश्रामपुर, बेनौली नरकटिया र हर्दियालगायत गाउँहरुलाई जोड्ने नालासहितको कालोपत्रे सडक निर्माण हुने प्रदेश सान्सद भट्टराईले बताएका छन् ।
उनका अनुसार पक्की सडक र नाला नहुदा यहाँका स्थानीयहरुलाई सास्ती खेप्नुपरेको बताउदै शिलान्यास पश्चात् चाडैं सडक तथा नाला निर्माण सम्पन्न भएपछि यहाँका स्थानीय बासिन्दाहरुले सहज र सुरक्षित यातायात सुविधा पाउने अपेक्षा गरिएको छ ।
सो कार्यक्रममा : पूर्व सान्सद देवेन्द्र पटेल, वृन्दावन नगरपालिकाका पूर्व मेयर राम स्नेही यादव, मेयरका प्रत्याशी प्रेमशंकर यादव, समाजसेवी रामप्रसाद पटेल लगायत स्थानीय भद्रभलादमी लगायतको उपस्थिति रहेको थियो।
















