Sunday, September 27, 2026

अन्तर्राष्ट्रिय मानव अधिकार दिवसमा लायन्स क्लब अफ कलैयाद्वारा न्यानो कपडा वितरण

Advertisement
Advertisement

कलैया,२४ मंसिर । अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा लायन्स क्लब अफ कलैया बाराले सदरमुकाम कलैयामा संचालन रहेको निशुल्क कपडा बैंकमा न्यानो कपडा वितरण गरेको छ ।

कार्यक्रम संयोजक बिजय जयस्वाल र अध्यक्ष एवंम् अधिवक्ता सुर्यजित सिंहले संयुक्त रुपमा आज बैंकका संरक्षक साजिर मन्सूरलाई सो कपडा हस्तान्तरण गरेका हुन् । कार्यक्रम संयोजक जयस्वालले आर्थिक रूपमा कमजोर, विपन्न तथा सहायता आवश्यक पर्ने स्थानीय नागरिकहरूलाई जाडो मौसमका लागि आवश्यक ज्याकेट, स्वेटर, टोपी, मोजा लगायतका न्यानो कपडा वितरण गरिएको जानकारी दिएका छन ।

लायन्स क्लब अफ कलैयाका अध्यक्ष अधिवक्ता सुर्यजित सिंहले आगामी दिनमा पनि कपडा बितरण र अन्य सेवामूलक गतिविधिहरू निरन्तर संचालन गर्ने प्रतिबद्धता जनाए । सो अवसरमा नि.शुल्क कपडा बैंकका संरक्षक साजिर मन्सूरले लायन्स क्लबलाई धन्यवाद दिदै आगामी दिनमा समेत यस्ता सहयोग गर्न आग्रह गरेका छन् ।

सो अवसरमा ग्रामीण उत्थान अभियान को अध्यक्ष माधुरी गिरि, लायन्स क्लब अफ कलैयाका सचिव मुकेश गुप्ता,प्रथम उपाध्यक्ष सुबाष जयस्वाल,दोश्रो उपाध्यक्ष बृजकिशोर साह,कोषाध्यक्ष अजय कुमार सरार्फ,संस्थापक अध्यक्ष दिलिप चौधरी,पुर्व अध्यक्ष भरत अग्रवाल,निबर्तमान अध्यक्ष प्रदिप साह उर्फ गोल्डेन, भोला सरार्फ,श्याम खेतान,राजन साह,समीर अन्सारी,राजेश पन्डित,जसपा नेपालका केन्द्रिय सदस्य कलाम अन्सारी,जनमत पार्टीका निजगढ नगर कमिटी अध्यक्ष मोजहर मन्सूर,युवा समाजसेवी सबिर मन्सूर,बैंकको सहजकर्ता अमृता कुश्वाहा लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर