Tuesday, August 4, 2026

वीरगन्ज कारागारका एकजना कैदीबन्दीको मृत्यु 

कलैया, २६ मंसिर ‌ वीरगन्जको बिर्ता स्थित वीरगन्ज कारागारमा कैद भुक्तान गर्दै आएका एक जना कैदीबन्दीको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका वडा नं १२ मुर्लीका ३७ वर्षीय अनिल महतो रहेका छन् ।

महतोको नारायणी उपचारखो क्रममा निधन भएको वीरगन्ज कारागारका प्रशासक बाबुलाल रेग्मीले जानकारी दिए। उनलाई सवारी ज्यान मुद्दामा पर्सा जिल्ला अदालतबाट ३ वर्ष कैद सजाय तोकिएको थियो भने २ हजार रुपैयाँ जरिवाना तोकिएको थियो ।

‘कैदीबन्दी महतोलाई पहले देखि नै मधुमेह सम्बन्धी समस्या थियो। उहाँ एकपटक १५ दिनजति अस्पताल भर्ना हुनुभएको थियो। भने कहिले काँही उनको सुगर लेवल घटिहाल्ने कहिले ह्वात्तै बढी हाल्ने समस्या देखिन्थ्यो।” प्रशासक रेग्मीले भने।

“त्यसपश्चात् हिजो उहाँलाई स्वास्थ्यमा अप्ठ्यारो हुनेबित्तिकै नारायणी अस्पतालमा पुर्याएका थियौँ । तर, उहाँको उपचारका क्रममा मृत्यु भएको हो।” रेग्मीले भने।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर