Wednesday, July 22, 2026

बारासहित मधेसमा बढ्दो चिसो, शीतलहरले जनजीवन कष्टकर

कलैया, ०८ पुस । पछिल्लो एक सातायता बारासहित मधेस क्षेत्रमा चिसोको उल्लेख्य रूपमा बढ्दै जाँदा यहाँको जनजीवन प्रभावित भएको छ। तराईका जिल्लाहरूमा बिहान र साँझ बाक्लो कुहिरो लाग्ने तथा शीतलहर चल्ने क्रम जारी रहेकाले मानिसहरूको दैनिकी कष्टकर बनेको हो।

अत्यधिक चिसोका कारण सर्वसाधारण बिहान छिट्टै घरबाहिर ननिस्कने, कामकाज ढिलो सुरु हुने तथा हाटबजार क्षेत्रसमेत सुनसान देखिन थालेका छन्। केही दिनदेखि क्रमशः चिसो बढ्दै गएपछि मधेस प्रदेशका आठै जिल्लाका बासिन्दाको जनजीवन प्रभावित भएको छ। चिसोको प्रभाव बारा जिल्लाका १६ वटै स्थानीय तहमा परेको छ। बाराका केहि स्थानीय तहले सामुदायिक तथा निजि बिधालयहरुमा चिसो बिदा समेत दिएको छ ।

चिसो बढेपछि विभिन्न स्थानका चौक–चौराहामा मानिसहरू आगो बालेर ताप्न थालेका छन्। स्थानीय तहहरूले चिसोबाट प्रभावित नागरिकका लागि न्यानो कपडा वितरण, आगो ताप्ने व्यवस्था तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता देखिएको सरोकारवालाहरूले बताएका छन्। चिसोले विशेषगरी मजदुर, किसान तथा खुला स्थानमा काम गर्नुपर्ने श्रमिकहरू बढी प्रभावित भएका छन्। गाउँघरमा खेतबारीको काम गर्ने किसानहरू पनि चिसोका कारण प्रभावित भएको स्थानीय किसानहरूले बताएका छन्।

पछिल्ला दिनहरूमा अत्यधिक चिसो बढेसँगै मानिसहरूमा स्वास्थ्य समस्या पनि देखिन थालेको छ। हाल अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा रुघाखोकी, ज्वरो, श्वासप्रश्वाससम्बन्धी समस्या, दम तथा निमोनियाका बिरामीको संख्या बढ्दै गएको कलैया अस्पतालका एक चिकित्सकले जानकारी दिएका छन्।

चिसो र कुहिरोका कारण यातायात सेवा पनि प्रभावित भएको छ। बिहानको समयमा दृश्यता कम हुँदा लामो तथा छोटो दूरीका सवारी साधन ढिलो चल्ने गरेका छन् भने कतिपय स्थानमा सडक दुर्घटनाको जोखिमसमेत बढेको छ। बाराको एक मात्र सिमरा–काठमाडौं हवाई सेवा पनि मौसमका कारण प्रभावित हुँदै आएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर