Thursday, September 10, 2026

तराईमा बालबालिकामा बढ्दो भागी विवाह : मौन समाजको गम्भीर असफलता

Advertisement
Advertisement Advertisement

सुनील कुशवाहा/कलैया, १५ पौष। तराई–मधेस क्षेत्र सामाजिक, सांस्कृतिक र पारिवारिक संरचनाले समृद्ध भए पनि पछिल्लो समय यहाँ एउटा गम्भीर सामाजिक विकृति तीव्र रूपमा बढ्दै गएको छ।बालबालिकामा भागी विवाह। यो समस्या अब व्यक्तिगत गल्तीको सीमाभन्दा बाहिर गएर सम्पूर्ण समाजको साझा असफलतामा परिणत हुँदैछ।

तराईका गाउँ–टोलमा बालबालिका विद्यालयको उमेरमै घर छोडेर विवाह गर्न बाध्य हुनुमा गरिबी, अशिक्षा, सामाजिक दबाब, खुला सीमा, कमजोर निगरानी र अभिभावकीय लापरवाही मुख्य कारणका रूपमा देखिन्छन्। तर अझै गम्भीर कुरा के हो भने।यी सबै कुरा देख्दा पनि समाज मौन बसिरहेको छ।

स्थानीय सरकार, वडा कार्यालय, विद्यालय व्यवस्थापन समिति, महिला समूह र सामाजिक अगुवाहरू समयमै सक्रिय नहुँदा यस्तो विकृति बढेको हो। कानुन कागजमा मात्रै सीमित छ, व्यवहारमा कार्यान्वयन कमजोर छ। अभिभावकले ‘इज्जत’, ‘समाज के भन्छ’ भन्ने डरले आफ्नै सन्तानको भविष्य जोखिममा पारिरहेका छन्।

प्रश्न उठ्छ के हामी समाजप्रतिको दायित्व बिर्सिसकेका हौं? कि अब समाजप्रतिको डर र नैतिक जिम्मेवारी समाप्त हुँदै गएको हो? बालबालिकाको जीवन बिग्रँदा पनि चुप लाग्नु अपराधलाई मौन समर्थन दिनु सरह हो।

यदि तराईलाई सुरक्षित, शिक्षित र सभ्य समाज बनाउने हो भने अब दोषारोपण होइन, जिम्मेवारी बाँडफाँड आवश्यक छ। स्थानीय सरकारले कडाइका साथ कानुन लागू गर्नुपर्छ, विद्यालयले चेतनामूलक शिक्षा दिनुपर्छ, अभिभावकले जिम्मेवार भूमिका खेल्नुपर्छ, र समाजले गलतलाई खुला रूपमा गलत भन्न सक्नुपर्छ।

बालबालिकाको भविष्य कुनै जात, वर्ग वा भूगोलको विषय होइन।यो सम्पूर्ण तराई समाजको साझा उत्तरदायित्व हो। मौनता तोडेर अघि बढ्ने हिम्मत आजैबाट गर्नैपर्छ।

लेखक: सुनील कुशवाहा समाजिक अभियन्ता हुनुहुन्छ। र उहाँ समाजिक तथा राजनीतिक विषयमा लेख्नुहुन्छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर