Tuesday, August 4, 2026

३ नं क्षेत्रबाट तीन जनाको नाम सिफारिस हुँदा पुर्व मन्त्री साहको नाम किन सिफारिस भएन?

कलैया, १९ पौष। नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) एकिकृत मार्क्सवादी लेनिनवादी (एमाले) ले बारा निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधि सभा सदस्य पदका लागि बारा जिल्लाका अध्यक्ष अध्यानन्द पाण्डेसहित तीन जनाको नाम सिफारिस गरेको छ।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाल कम्यूनिष्ट पार्टी (एमाले) को बारा क्षेत्र नं ३ को बैठकले कलैयास्थित पार्टी कार्यालयमा आयोजित बैठक मार्फत अध्यानन्द पाण्डे, एम. समिउल्लाह र सिमा ठकुरीको नाम उम्मेदवारका रूपमा सिफारिस गर्ने निर्णय गरेको छ।

ज्वाला साहको नाम किन सिफारिस भएन?

आज बसेको क्षेत्रिय बैठकमा ७ जना उम्मेदवारले आफ्नो नाम सिफारिस गर्न प्रस्ताव राखेकोमा बैठकले मतदान मार्फत ३ जनाको नाम सिफारिस गरेको हो। उक्त क्षेत्रिय बैठकमा वडा कमिटी अध्यक्ष, पालिका पदाधिकारी अध्यक्ष सहित ६४ जनाले भोट हालेका थिए।

६४ वटा भोटमा अध्यानन्द पाण्डेले ४६, एम समिउल्लाहले ३७ र सिमा ठकुरीले ३६ भोट पाएका थिए भने गायत्री देवीले ५ र पुर्व मन्त्री समेत रहेकी ज्वाला कुमारी साहले ४ भोट पाएकी थिइन् भने अन्य उम्मेदवारले शुन्य भोट पाएका थिए।

उक्त क्षेत्रिय बैठकमा क्षेत्रका सबै वडा कमिटीका अध्यक्ष, पालिका पदाधिकारी, केन्द्रीय सदस्य, प्रदेश सदस्य लगायतकाहरुको उपस्थिति रहेको थियो।

के भन्छिन् ज्वाला साह ?

पुर्व मन्त्री एवम् निवर्तमान प्रतिनिधि सभा सदस्य साहले भेलामा गम्भीर अनियमितता भएको आरोप लगाएकी छन्। उनका अनुसार भेलामा केही व्यक्तिहरूले माओवादीबाट आएका व्यक्तिहरूको नाम सिफारिस नगर्ने प्रयास गरेका थिए। साथै एउटै व्यक्तिले १५ वटा मत दिएको देखिएपछि आफूले भेला बहिष्कार गरेर बाहिरिएको उनले बताइन्।

उनले भनिन्, “एउटै व्यक्तिले १५ वटा मत दिएको देखेपछि मैले भेला बहिष्कार गरेर बाहिरिएको हुँ।”

भेला बहिष्कारपछि उम्मेदवारहरूको नाम आफैं सिफारिस गरिएको समेत साहको आरोप छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर