Wednesday, July 22, 2026

प्रतिनिधि सभा निर्वाचनः एमाले बाराद्वारा चार क्षेत्रका उम्मेदवार सिफारिस

कलैया,२४ पुस । नेकपा एमाले बारा जिल्लाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लाका चारै निर्वाचन क्षेत्रबाट उम्मेदवार सिफारिस गर्ने निर्णय गरेको छ। पार्टीको जिल्ला सचिवालयको सातौँ बैठकले उम्मेदवारका नाम टुंगो लगाउँदै औपचारिक रूपमा सिफारिस प्रक्रिया पूरा गरेको हो।

बैठकबाट बारा निर्वाचन क्षेत्र नं. १ का लागि अच्युत प्रसाद मैनाली, पुरुषोत्तम पौडेल, धनमाया चौधरी, थानेश्वर सापकोटा, पुरनदेव चौधरी, सुदामा देवी राम र त्रिलोकी प्रसाद चौधरी सिफारिस भएका छन्।

त्यसैगरी क्षेत्र नं. २ बाट बलवीर चौधरी, अमरदेव प्रसाद यादव, मखन पासवान, सत्पाल यादव, राजेश प्रसाद साह, कौशल किशोर सिंह, गौरीशंकर प्रसाद यादव र महपतिया देवी दुषादिनको नाम सिफारिस गरिएको छ।

क्षेत्र नं. ३ बाट अदयानन्द पाण्डेय, एम.समिउल्लाह र सिमा ठकुरी सिफारिस भएका छन् । क्षेत्रिय समितिबाट सिफारीसमा नपरेकाहरुलाई भने सचिवालयको सुझावअनुसार ज्वालाकुमारी साह, गायत्री देवी, सिता सुवेदी, टिना सुवेदी, प्रतिमा यादव, रबिन्द्र दास बानिया तथा फूलेना राउत अहिरको नाम पनि समेटिएको छ।

बारा निर्वाचन क्षेत्र नं. ४ का लागि अमर यादव, कृष्णकुमार श्रेष्ठ र सिता गुरुङको नाम सिफारिस गरिएको एमाले बारा जिल्ला अध्यक्ष अदयानन्द पाण्डेयले जानकारी दिए।

बैठकले नेकपा एमालेको ११ औँ महाधिवेशनबाट निर्वाचित सदस्यहरूलाई बधाई ज्ञापन गर्दै आगामी कार्यकाल सफल रहोस् भन्ने कामना पनि गरेको छ। सिफारिस गरिएका नामहरू प्रदेश कमिटीमार्फत केन्द्रीय कमिटीमा पठाइसकिएको जनाइएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर