Monday, October 5, 2026

बाराको एकजना यात्रु सहित त्रिसुलीमा बेपत्ता भएको गणपति डिलक्स भेटियो

Advertisement
Advertisement

कलैया, २९ पौष। बाराका एकजना यात्रु सहित २०८१ साल असार २८ गते सिमलतालमा सडक माथिबाट आएको लेदोसहितको पहिरोले बगाउँदा त्रिशूली नदीमा बेपत्ता भएका दुई बसमध्ये एउटा बस भेटिएको छ।

तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं ५ दोन्द्राङबेसी नजिकै त्रिशूली नदीको किनारमा बालुवाले पुरिएको अवस्थामा प्रदेश ०३-००१ ख २४९५ नम्बरको गणपति डिलक्स बस भेटिएको हो।

पाटपुर्जा भेटिएपछि खोजीकार्यको लागि सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण चितवन र नं. २३ मनकामना गण भानु तनहुँबाट खटिएको टोलीले बस फेला पारेको हो । वीरगन्जबाट काठमाडौं जादै गरेको प्रदेश ०३- ००६ ख १५१६ नम्बरको एन्जल डिलक्स पनि बेपत्ता भएको थियो।

उक्त बसमा बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नं १६ बस्ने ४५ वर्षिय नरेश भन्ने नर बहादुर बिक समेत ३८ जना यात्रु सवार थिए।

लेदो सहितको पहिरोले त्रिसुलीमा बेपत्ता भएको गणपति डिलक्सका ३ यात्रु हाम फालेर बाँचेका थिए। उक्त बसका ११ जना यात्रुको शव फेला परेको थियो। बाँकी यात्रुको अवस्था अझै अज्ञात छ। बस भेटिएपछि कंकाल भेटिने आशा भने जिवित छ।

बालुवाबाट थोरै भाग बाहिर निस्केकोले त्यसमा रहेको कंकाल वा सामानको अवस्था भने अज्ञात छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर