Thursday, June 4, 2026

बारामा दुई सय तीस जना विपन्नलाई न्यानो कम्बल वितरण

spot_img

कलैया,०१ माघ । नेपाल प्रहरी श्रीमती संघले बाराको महागढीमाई नगरपालिकामा विपन्नलाई बिहीबार न्यानो कम्बल वितरण गरेको छ।

चिसोबाट बचाउन करिब दुई सय तीसजना अति विपन्न, एकल महिला, अपाङ्ग तथा दलित समुदायका व्यक्तिहरुलाई संघले न्यानो कपडा (कम्बल) वितरण गरेको हो।

नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती नविना खत्री कार्की सो कार्यक्रमको प्रमुख अतिथि रहेकी हुन्। उनले अति विपन्न समुदायका व्यक्तिहरुलाई न्यानो कपडा वितरण गर्न पाउनुका साथै गढीमाई माताको दर्शन गर्ने अवसर जुरेकोमा खुशी ब्यक्त गरेकी छन्।

नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरीसँग कसैले डराउन नपर्ने बताए। उनले समाजमा गलत, खराब तथा आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरु देखेमा प्रहरीलाई खबर गरी सहयोग गर्न आग्रह गरे।

प्रहरी कार्यालयका प्रमुखसँग सिधै भेटेर गुनासो तथा पीडा राख्न सकिने उनले जनाए। प्रहरीमा आउँदा दलालको आवश्यकता नपर्ने, निवेदन दिन वा टिकटको समेत कुनै शुल्क नलाग्ने स्पष्ट गरेका थिए।

प्रहरी चौकीका लागि जग्गा दान दिने दाता रामनारायण प्रसाद साह तेलीको सभापतित्वमा सो कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्रप्रसाद यादव, उपप्रमुख तारादेवी कानुको विशेष उपस्थिति रहेको थियो।

कार्यक्रममा मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रहरी नायब महानिरीक्षक गोविन्द थपलिया, मधेस प्रदेश प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती वरुणा बडाल थपलिया, जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र कुँवर, जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदीप राज पाठक, राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाका प्रहरी उपरीक्षक राजकुमार सिलवाल,वडाध्यक्षहरु क्रमशः मनोजप्रसाद गुप्ता, उपेन्द्रप्रसाद जैसवाल, मनोजप्रसाद जैसवाल, चन्दन कुमार, समाजसेवी एवम् कानून व्यवसायी अरुण कुमार ज्ञवाली, सामुदायिक तथा निजी विद्यालयका शिक्षक–शिक्षिका र विद्यार्थीहरु लगायतको उपस्थिति थियो।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर