कलैया, ०१ माघ । आगामी फाल्गुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन प्रहरी पदमा बारामा ८ हजार ४ सय ३७ जनाले आवेदन दिएका छन्। पुस २५ गतेदेखि आवेदन दिन सुरु गरिएको नेपाल प्रहरीतर्फ पुरुष ५ हजार ५ सय ८१,महिला १ हजार १ सय ९२ जना गरि कुल ६ हजार ७ सय ७३ जना र सशस्त्र प्रहरी तर्फ पुरुष १ हजार ४ सय ७१ ,महिला १ सय ९३ जना गरि कुल १ हजार ६ सय ६४ जना गरि दुबैतर्फ कुल ८ हजार ४ सय ३७ जनाले बिहिवार अन्तिम दिनसम्म आवेदन दिएका हुन् ।
पौष २५ गतेदेखि निर्वाचन प्रहरीको लागि आवेदन खुला गरिएकोमा पहिलो दिन ६९ पुरुष र ६२ महिला गरी जम्मा एक सय ३१ जनाले आवेदन दिएका थिए भने दोस्रो दिन २६ गते नेपाल प्रहरीतर्फ पुरुष ९ सय ७, महिला एक सय १२, सशस्त्र प्रहरीतर्फ पुरुष एक सय ६०, महिला ४७ जना गरी एक हजार २ सय २६ जनाले आवेदन दिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवंम प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिएका छन् ।
उनका अनुसार तेस्रोदिन २७ गते नेपाल प्रहरीतर्फ पुरुष ३ सय ८५, महिला २ सय १५, सशस्त्र प्रहरीतर्फ पुरुष ३ सय ९५, महिला ५ जना गरी एक हजार जना, चौथो दिन २८ गते नेपाल प्रहरीतर्फ पुरुष ९ सय ३९, महिला एक सय ९४, सशस्त्र प्रहरीतर्फ पुरुष ३ सय १३, महिला ४४ जना गरी एक हजार ४ सय ९० जनाले आवेदन दिएका छन् ।
यसैगरी पौष २९ गते नेपाल प्रहरीतर्फ पुरुष ९ सय ७०, महिला ३ सय ३१, सशस्त्र प्रहरीतर्फ पुरुष २ सय ६४, महिला ५६ जना गरी एक हजार ६ सय २१ जना, पौष ३० गते बुधबारको दिन नेपाल प्रहरीतर्फ पुरुष एक हजार ३८, महिला ८२, सशस्त्र प्रहरीतर्फ पुरुष २ सय ५१, महिला ३४ जना गरी एक हजार ४ सय ५ जनाले आवेदन दिएका छन्।
माघ १ गते बिहिवार नेपाल प्रहरी तर्फ पुरुष १ हजार २ सय ७३,महिला १ सय ९६,सशस्त्र प्रहरीतर्फ पुरुष ८८ र महिला ७ जना गरि कुल १ हजार ५ सय ६४ जनाले आवेदन दिएको डिएसपी पण्डितले जानाकारी दिए । प्रतिनिधिसभा निर्वाचनका लागि जिल्ला प्रशासन कार्यालय बाराले ४ हजार ३४ जना निर्वाचन प्रहरीको माग गरेको छ।





