कलैया, ०२ माघ। नेपाली बजारमा सुनचाँदीको मूल्य सामान्य बढेको छ। आज एक तोला सुनको मूल्य रु २ लाख ७७ हजार २ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यस अघि बिहीबार एक तोला सुनको रु २ लाख ७६ हजार ५ सयमा कारोबार भएको महासंघले जनाएको छ। यस्तै चाँदीको मुल्य तोलामा रु ५ हजार ६ सय ४५ कायम भएको छ ।
यस अघि बिहीबार चाँदी तोलामा रु ५ हजार ४ सय ८५ मा कारोबार भएको थियो ।





