बारा,०६ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदका लागि बारा क्षेत्र नं. ४ मा ३९ जनाले मंगलबार मनोनयन दर्ता गराएका छन् । तीमध्ये २० जना राजनीतिक दलका उम्मेदवार र १९ जना स्वतन्त्र उम्मेदवार रहेका निर्वाचन अधिकृतको कार्यालयले जानाएको छ ।
नेकपा एमालेबाट निबर्तमान सांसद तथा पूर्व मन्त्री कृष्णकुमार श्रेष्ठ (किसान) र राष्ट्रिय परिवर्तन पार्टीका उम्मेदवार पूर्व आईजीपी सर्वेन्द्र खनाल,नेपाली कम्युनिष्ट पार्टी नेपालबाट २७ वर्षीय ‘जेनजी’ युवा अजय कुश्वाहा,नेपाली कांग्रेसबाट श्यामबाबु गुप्ताले क्षेत्र नं. ४ को निर्वाचन अधिकृतको कार्यालयमा दर्ता गराएका हुन् ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीबाट रहबर अंसारी र जनमत पार्टीबाट हमजान मियाले मनोनयन दर्ता गराएको निर्वाचन अधिकृत गम्भीर घिमिरेले जानकारी दिएका छन् ।





