Saturday, September 26, 2026

पर्सामा ३० लाख बराबरको भन्सार छलीका खुद्रा सामान बरामद

Advertisement
Advertisement

वीरगञ्ज, १२ माघ । पर्सा प्रहरीले भन्सार छली नेपाल भित्राइएको ३० लाख बराबरको खुद्रा सामान वीरगञ्जबाट बरामद गरेको छ।

वीरगञ्ज महानगरपालिका वडा नं.७ रेल्वे सडकखण्ड स्थित वीरगञ्ज वडा नं. ५ बस्ने बिकाश गोयलले संचालन गर्दै आएको बिन्दु गोयलको नाममा दर्ता रहेको एस.बी. ट्रेडिङ्ग गोदामबाट सो सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

बरामद सामानमा स्टेशनरी, किराना लगायतका खुद्रा समानहरु (पेन्सिल, ईरेजर, कट्टर, तास, टेप, बेलुन, लाईटर, रबर, जिविया, गुच्चा इत्यादी ) रहेको छ। जिल्ला प्रहरी कार्यालय पर्सा तथा मातहत वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको संयुक्त प्रहरी टोलीले सो सामान बरामद गरेको हो।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर