Saturday, September 26, 2026

सहिद दिवसको अवसरमा कलैया सिटी जेसिजद्वारा सहिद परिवारलाई सामग्री वितरण

Advertisement
Advertisement

कलैया,१६ माघ । सहिद दिवसको अवसरमा कलैया सिटी जेसिजले सहिद परिवारलाई खाद्यान्न तथा शैक्षिक सामग्री वितरण गरेको छ। बाराको कलैया उपमहानगरपालिका–७ रंगपुर निवासी मधेस आन्दोलनका सहिद हिफाजत मियाको परिवारलाई आज एक कार्यक्रमबीच उक्त सामग्री वितरण गरिएको हो।

कलैया सिटी जेसिज २०२६ का अध्यक्ष संदिप कुमार साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि कलैया उपमहानगरपालिका वडा नम्बर-७ का वडा अध्यक्ष सैफुल्लाह अन्सारीले सहिद मियाका बुवाआमालाई सामग्री हस्तान्तरण गरेका हुन् ।

“मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो” भन्ने मूल नारासहित सहिद परिवारलाई चामल, दाल, बिस्कुट, चाउचाउ, कपी–पेन्सिल, कपडा, सर्फ र साबुनलगायत सामग्री वितरण गरिएको कार्यक्रम संयोजक आदिल अन्सारीले जानकारी दिए।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि वडा अध्यक्ष अन्सारीले वडाबाट सहिद मियाँका छोरालाई फुटबललगायत खेलकुद सामग्री सहयोग गर्ने प्रतिबद्धता गरेका छन् । साथै आगामी दिनमा पनि वडाबाट थप सहयोग गर्ने उनले बताए।

त्यसैगरी कलैया सिटी जेसिज २०२६ का अध्यक्ष साहले जेसिज स्थापना भएको १७ वर्षपछि सहिद परिवारलाई सहयोग गर्न पाएकोमा खुसी व्यक्त गर्दै सहिद परिवारलाई सधैं सम्झनुपर्नेमा जोड दिए। उनले जनप्रतिनिधि तथा सरोकारवालालाई सहिद परिवारप्रति सहयोगी बन्न समेत आग्रह गरेका छन् ।

कार्यक्रममा सहिद मियाँका बुवा नाजिम मिया अन्सारी, आमा बिगन खातुन, कलैया सिटी जेसिज २०२५ का अध्यक्ष ओमप्रकाश सरार्फ, आजीवन सदस्य दिपेन्द्र प्रसाद साह, कानुनी सल्लाहकार सुरज कुमार गिरि, उपाध्यक्ष सतेन्द्र गुप्ता, मिडिया संयोजक संदिप यादवलगायत जेसिजका पदाधिकारी तथा समाजसेवीहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन महासचिव संजय कुशवाहाले गरेका थिए।

त्यसैगरी बारा जिल्लाको सदरमुकाम कलैयास्थित मुख्य भरत चोकमा आज साँझ वीर सहिदहरूको सम्मानमा दीप प्रज्वलन कार्यक्रम आयोजना गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर