कलैया, ०१ फागुन । नेपाली बजारमा आज शुक्रबार सुनको मूल्य घटेको छ । आज सुन तोलामा ३ हजार रुपैयाँले घटेर ३ लाख ३ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस अघि बिहीबार सुन प्रतितोला ३ लाख ६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै चाँदीको मूल्य तोलामा ३ सय ४० रुपैयाँले घटेर प्रतितोला ५ हजार रुपैयाँ कायम भएको महासंघले जनाएको छ । यस अघि बिहिबार ५ हजार ३ सय ४० रुपैयाँ थियो ।





