Saturday, September 26, 2026

बारा -२ मा अनुमति नलिई सवारी चलाए नियन्त्रणमा लिन सकिने चेतावनी

Advertisement
Advertisement

कलैया,०५ फागुन । बारा निर्वाचन क्षेत्र नम्बर २ का निर्वाचन अधिकृत किरणकुमार सिंह ले निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गर्न सबै उम्मेदवार तथा सरोकारवालालाई आग्रह गरेका छन्।

उनले प्रचारप्रसारका लागि सवारी साधन प्रयोग गर्दा अनिवार्य रूपमा निर्वाचन अधिकृतको कार्यालयबाट अनुमति लिनुपर्ने बताएका छन्। अनुमति नलिई प्रयोग गरिएका सवारी साधनलाई सुरक्षा निकायले नियन्त्रणमा लिन सक्ने चेतावनी समेत दिएका छन्।

त्यसैले प्रचार–प्रसारका क्रममा सवारी साधन प्रयोग गर्नु अघि अनिवार्य अनुमति लिन अनुरोध गरिएको छ। साथै, आचारसंहिता २०८२ ले डिजे, बाजागाजा र माइकको प्रयोग निषेध गरेको हुँदा त्यस्ता सामग्री प्रयोग नगर्न आग्रह गरिएको छ।

आचारसंहिता २०८२ ले अनुमति दिएका साधनहरू मात्र प्रयोग गरी प्रचार–प्रसार गर्न र उम्मेदवारहरूले आफ्ना घोषणापत्र यथाशीघ्र निर्वाचन अधिकृतको कार्यालयमा पेश गर्न समेत सिंहले अनुरोध गरेका छन्।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर