कलैया, १२ फागुन। नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ ।
आज सुन प्रतितोला १ हजार ३ सयले बढेर ३ लाख १४ हजार ८ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस अघि सोमबार सुन प्रतितोला ३ लाख १३ हजार ५ सयमा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी प्रतितोला ५ हजार ५ सय ८५ मा कारोबार भइरहेको महासंघले जनाएको छ। यस अघि सोमबार चाँदी प्रतितोला ५ हजार ५ सय ९५ रुपैयाँ रहेको थियो ।





