Saturday, September 26, 2026

बारामा प्रशासनको कडाइ : होलीमा चुनाव चिन्ह भएका टिसर्ट प्रयोगमा प्रतिबन्ध

Advertisement
Advertisement

कलैया, १५ फागुन । जिल्ला प्रशासन कार्यालय बाराले फागु पूर्णिमा (होली) पर्वलाई मर्यादित र शान्तिपूर्ण रूपमा मनाउन जिल्लाबासीमा अपिल गरेको छ। आसन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनको समय परेकाले यस वर्षको होलीमा प्रशासनले थप कडाइ गरेको हो।

सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईद्वारा जारी सूचनामा होली मनाउँदा निर्वाचन आचारसंहिता २०८२ को पूर्ण पालना गर्न उल्लेख गरिएको छ ।

होली मनाउने क्रममा कुनै पनि राजनीतिक दलको चुनाव चिन्ह, उम्मेदवारको फोटो वा निर्वाचनलाई प्रभाव पार्ने खालका लोगो अंकित टिसर्ट र प्रचार सामग्रीको प्रयोगमा पूर्ण प्रतिबन्ध लगाइएको सुचनामा उल्लेख छ ।  प्रशासनले होलिको दिन भिडभाड हुने कुनै पनि कार्यक्रम गर्न नपाउने जनाएको छ ।

कसैको इच्छा विपरीत रङ दल्ने, लोला हान्ने र बाटोमा हिँड्ने मानिसलाई अवरोध पुऱ्याउने कार्यलाई प्रशासनले निषेध गरेको छ।

पर्वका नाममा मादक पदार्थ तथा नशालु पदार्थ सेवन गरी सवारी साधन चलाउने (मापसे) र सार्वजनिक स्थलमा होहल्ला गर्नेलाई तत्काल पक्राउ गरी कारबाही गरिनेछ। त्यसैगरी, चर्को आवाजमा डिजे बजाउन र आतसबाजी वा पटका पड्काउन समेत रोक लगाइएको छ।

बढ्दो सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै प्रशासनले सम्भव भएसम्म आफ्नो घरपरिवार र नजिकका आफन्तहरूसँग मात्र होली मनाउन र ठूला सार्वजनिक जमघटबाट टाढा रहन आग्रह गरेको छ।

जिल्ला प्रशासन कार्यालयले  उल्लंघन गर्ने व्यक्ति वा समूहलाई प्रचलित कानुन र निर्वाचन सम्बन्धी कानुन बमोजिम कडा कारबाही गरिने प्रशसनले जनाएको छ। शान्ति सुरक्षा कायम राख्न जिल्लाभर सुरक्षाकर्मीको परिचालन समेत बढाइएको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर