Thursday, June 4, 2026

कलैयास्थित बाल एकता बोर्डिङ स्कुलको ३४ औँ वार्षिकोत्सव सम्पन्न

spot_img

कलैया, १६ फागुन। बाराको सदरमुकाम कलैयामा अवस्थित बाल एकता बोर्डिङ स्कुल (+२ विज्ञान तथा व्यवस्थापन) ले आफ्नो ३४ औँ वार्षिकोत्सव भव्यताका साथ मनाएको छ। शनिबार विद्यालयको आफ्नै प्राङ्गणमा आयोजित एक विशेष समारोहका बीच वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको हो।

विद्यालय व्यवस्थापन समितिका कार्यकारी अध्यक्ष भोला साह सोनारको अध्यक्षतामा भएको उक्त कार्यक्रमको उद्घाटन कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामविनय कुमार सिंह लगायतका अतिथिहरूले संयुक्त रूपमा पानसमा बत्ती बालेर गरेका थिए। कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै राम राजा मोहन विक्रम शाह बहुमुखी क्याम्पसका प्रमुख निवेश तिमल्सिना र नेल्टा बाराका सचिव तेजिलाल साह लगायतले विद्यालयको शैक्षिक गुणस्तरको प्रशंसा गरे।

वार्षिकोत्सवको अवसरमा विद्यालयमा पाँच वर्षभन्दा बढी समयदेखि निरन्तर सेवा गर्दै आएका २४ जना शिक्षक तथा कर्मचारीहरूलाई कदर पत्रसहित सम्मान गरिएको छ। विद्यालयका प्रबन्ध निर्देशक सुमोध कुमार सरार्फका अनुसार सम्मानित हुनेहरूमा मन्जु देवी, मनिता रोक्का, कृष्ण पण्डित, जया पोखरेल, गिता यादव, संगिता बराल, सुजिता साह, वर्षा भट्टराई, दुर्गा कर्ण, रेखा कर्ण, गिता भट्टराई, उर्मिला उपाध्याय, सुनिल दास बनिया, दिपेन्द्र श्रीवास्तव, विपिन यादव, संजय चौधरी, पारसनाथ चौधरी, प्रिन्स कुमार सिंह, महन्त ठाकुर, जलिम अख्तर, मधु गौतम, नरेन्द्र कुमार निधी, रामबाबु साह र आस महम्मद मंसुर रहेका छन्।

सो अवसरमा विद्यार्थीहरूले होली नृत्य लगायत विभिन्न किसिमका रोचक सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरेका थिए। कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका कार्यकारी उपाध्यक्ष संतोष कुमार सरार्फ, कलैया उपमहानगर शिक्षा महाशाखाका अधिकृत राजिव यादव,सहायक निर्देशक संगिता सरार्फ, छात्रावास निर्देशक छाँया सरार्फ, प्लस २ संयोजक प्रिन्स कुमार सिंह,सेकेन्डरी समन्वयक प्रशान्त सरार्फ,लेखा प्रमुख जामिल अख्तर, जनमत पार्टीका केन्द्रीय सदस्य विकास कुमार सिंह लगायत ठुलो संख्यामा अभिभावक र शिक्षाप्रेमीहरूको उपस्थिति रहेको थियो।

विद्यालयका प्रबन्ध निर्देशक सुमोध कुमार सरार्फले स्वागत गर्नुभएको उक्त कार्यक्रमको सञ्चालन अनुज श्रीवास्तवले गरेका थिए।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर