Saturday, September 26, 2026

निर्वाचन सुरक्षाका लागि बारामा नेपाली सेनाको बख्तरबन्द गाडीसहितको गस्ती

Advertisement
Advertisement

कलैया, १७ फागुन । आगामी निर्वाचनलाई मध्यनजर गर्दै बारामा सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको छ। निर्वाचन सुरक्षालाई लक्षित गरी नेपाली सेनाले जिल्लाका विभिन्न स्थानहरूमा बख्तरबन्द गाडी मार्फत गस्ती सुरु गरेको छ।

निर्वाचनको समयमा हुन सक्ने सम्भावित अवाञ्छित गतिविधिहरूलाई रोक्न र आम नागरिकलाई सुरक्षाको पूर्ण प्रत्याभूति दिलाउन सेनाले आफ्नो उपस्थिति बढाएको हो।

मधेस प्रदेशको सुरक्षा संवेदनशीलता र निर्वाचनका बेला हुन सक्ने सम्भावित अवाञ्छित गतिविधिहरूलाई निस्तेज पार्न सेनाले जिल्लाका मुख्य व्यापारिक केन्द्र, राजमार्ग तथा ग्रामीण भेगहरूमा आफ्नो उपस्थिति बढाएको हो।

यसैगरी बाराका चार वटै निर्वाचन क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले पनि संयुक्त गस्ती गर्दै आएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर