कलैया, २४ फागुन । बारा-३ को समानुपातिक निर्वाचन प्रणाली बमोजिम भएको मतगणनाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो भएको छ ।
मुख्य निर्वाचन अधिकृत प्रकाश कुमार अधिकारीका अनुसार समानुपातिकतर्फ रास्वपाले ४३ हजार ८५६ मत प्राप्त गरी पहिलो भएको हो । नेपाली कांग्रेसले ८ हजार २४२ मत प्राप्त गरी दोस्रो स्थान सुरक्षित गरेको छ ।
समानुपातिकतर्फ जनता समाजवादी पार्टी नेपाल ( जसपा) ले ५ हजार ७४२,नेकपा (एमाले)ले ५ हजार ७७ , जनमत पार्टीले ३ हजार २३०,राष्ट्रिय परिवर्तन पार्टीले २ हजार १८१,नेपाली कम्युनिष्ट पार्टीले १ हजार ३६९,राष्ट्रिय प्रजातन्त्र पार्टीले १ हजार ६५, राष्ट्र निर्माण दल नेपालले ९७०,श्रम संस्कृति पार्टीले २९६ र जनादेश पार्टी नेपालले २३५ मत प्राप्त गरी क्रमश तेस्रो, चौथो र पाँचौँ बनेको सूचना अधिकारी राजकुमार दहालले जानकारी दिए ।
एक लाख १७ हजार ५८४ कूल मतदाता रहेको उक्त क्षेत्रमा ७७ हजार ३१४ मत खसेको थियो । ७३ हजार ९२० मत सदर हुँदा ३ हजार ३९४ मत बदर भएको र समानुपातिकतर्फ सो क्षेत्रमा ५८ दलहरूले भाग लिएको छ ।





