Saturday, September 26, 2026

कलैयाको मटिअर्वामा फेरि चोरी: सट्टरको ताल्चा काटेर डेढ लाख नगद गायब

Advertisement
Advertisement

कलैया, १ चैत । बाराको मानवत–मटिअर्वा–पिलुवा सडक खण्डअन्तर्गत कलैया उपमहानगरपालिका–१० मटिअर्वामा फेरि चोरी भएको छ।

रामपुकार गुप्ता ( सागर) ले सञ्चालन गर्दै आएको किताब, कपी तथा मनि ट्रान्सफर पसलमा हिजो मध्यराति सट्टरको ताल्चा काटेर चोरी भएको हो। चोरीमा कम्तिमा करिब डेढ लाख रुपैयाँ नगद लगिएको संचालक गुप्ताले बताएका छन्।

स्थानीयका अनुसार पछिल्लो समय उक्त क्षेत्रमा चोरीका घटना बढ्दै गएका छन्। यही स्थानमा करिब डेढ वर्षअघि एक सुनचाँदी पसलमा पनि चोरी भएको थियो भने केही दिनअघि एउटै घरमा दुई पटक चोरी भएको थियो। चोरी भएको पसल नजिकै श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय मटिअर्वा रहेको छ भने करिब ५०० मिटरको दूरीमा प्रहरी चौकी पनि रहेको स्थानीयले बताएका छन्।

यता जिल्ला प्रहरी कार्यालय बाराले घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर