Thursday, June 4, 2026

बिग्रिएका डिभाइडर मर्मत वा हटाउन जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको माग

spot_img
बारा,०२ चैत्र । बाराको जीतपुरसिमरा नगर उद्याेग बाणिज्य संघले ६ लेन सडकको बीच भागमा रहेको बिग्रिएको डिभाइडर मर्मत वा हटाउन माग गर्दै जीतपुरसिमरा उपमहानगरपालिकालाई ध्यानाकर्षण गराएको छ।
संघका महासचिव प्रकाश गिरीले उपमहानगरपालिकाकाे प्रमुख लाई पत्र पठाउँदै ६ लेन मुख्य सडकको बीचमा बनाइएका डिभाइडर धेरै स्थानमा भाँचिएको, अव्यवस्थित र बिग्रिएको अवस्थामा रहेको उल्लेख गरेका छन्। पत्रमा डिभाइडरमा राखिएका रेलिङ तथा संरचनाहरू क्षतिग्रस्त हुँदा सडक क्षेत्रको सौन्दर्यमा नकारात्मक प्रभाव परेको र शहरको समग्र स्वरूप समेत राम्रो नदेखिएको जनाइएको छ।
संघका अनुसार डिभाइडरमा रोपिएका बिरुवाहरू पनि उचित हेरचाह र व्यवस्थापनको अभावमा राम्रोसँग बढ्न सकेका छैनन्। धेरै बिरुवाहरू सुक्ने वा नष्ट हुने अवस्थामा पुगेका छन्, जसका कारण सडक हरियाली बनाउने उद्देश्यसमेत पूरा हुन नसकेको बताइएको छ।
त्यसैगरी भाँचिएका रेलिङ तथा डिभाइडरका कारण सडक वरिपरि फोहोर थुप्रिने, दुर्घटनाको जोखिम बढ्ने तथा वातावरणसमेत अव्यवस्थित देखिने समस्या बढ्दै गएको संघले जनाएको छ। यसले यहाँ आउने आगन्तुक तथा स्थानीय बासिन्दामा शहरप्रति नकारात्मक धारणा बन्ने खतरा समेत रहेको पत्रमा उल्लेख गरिएको छ।
यस अवस्थालाई ध्यानमा राख्दै संघले सम्बन्धित निकायमार्फत ६ लेन सडकको बीच भागमा रहेका डिभाइडरहरू आवश्यक मर्मत–सम्भार गरी व्यवस्थित बनाउन वा व्यवस्थापन सम्भव नभए हटाई सडक क्षेत्रलाई सफा, सुरक्षित तथा आकर्षक बनाउन आवश्यक पहल गर्न आग्रह गरेको छ। संघले यस विषयमा सम्बन्धित निकायले शीघ्र आवश्यक कदम चाल्ने विश्वास समेत व्यक्त गरेको छ।
प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर