Saturday, September 26, 2026

तोकेको मूल्यभन्दा बढीमा ग्यास बिक्री नगर्न प्रशासनको आग्रह

Advertisement
Advertisement

कलैया, २ चैत्र । नेपाल सरकारले तोकेको मूल्यभन्दा बढी मूल्यमा ग्यास सिलिण्डर बिक्री वितरण नगर्ने/नगराउन जिल्ला प्रशासन कार्यालय बाराले आग्रह गरेको छ। बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईले आज एक सूचना जारी गर्दै आग्रह गरेको हो।

सूचनामा जिल्लामा अवस्थित सम्पूर्ण खाना पकाउने एलपि ग्यास उत्पादक, वितरक तथा डिलरहरूलाई सो कुरा मान्न भनिएको छ। अनुगमनको क्रममा व्यवस्था पालना नगरेमा प्रचलित कानून बमोजिम आवश्यक कारबाही गरिने व्योहोरा सो सूचनामा उल्लेखछ।

तोकिए बमोजिकको परिमाण, गुणस्तर तथा मापदण्ड अनुसार उपभोक्तालाई ग्यास उपलब्ध गराउन सो सूचनामा लेखिएको छ। नेपाल सरकारले तोकेको मूल्यभन्दा बढी मूल्यमा ग्यास सिलिण्डर बिक्री वितरण नगर्न/नगराउन भनिएको छ। ग्यास सिलिन्डरको भण्डारण तथा विक्री वितरण गर्दा निर्धारित सुरक्षा मापदण्ड पूर्ण रूपमा पालना गर्न प्रशासनले आग्रह गरेको छ।

उपभोक्तालाई सुरक्षित तथा तोकिएको मापदण्ड अनुसारको ग्यास सिलिन्डर मात्र बिक्री वितरण गर्न भनिएको छ। एलपि ग्यासको अनावश्यक रूपमा बढी मौज्दात नराख्न सूचनामा भनिएको छ।

उपभोक्तालाई ग्यास वितरण प्रणाली पारदर्शी बनाउने तथा पालो प्रणालीमार्फत ग्यास सहज रूपमा उपलब्ध गराउन सूचनामा भनिएको छ। अनावश्यक संचिति नहुने गरी खाली सिलिण्डर प्राप्त भएपश्चात मात्र नयाँ सिलिण्डर दिन भनिएको छ।

सबै डिलरहरूले उद्योगबाट खरिद गरिएको ग्यासको परिमाण, विक्री तथा मौज्दातको विवरण व्यवस्थित रूपमा राखी सो को अभिलेख पाक्षिक रुपमा जिल्ला प्रशासन कार्यालय बारामा पठाउन भनिएको छ।

विक्रेताहरुले एक सिलिण्डरबाट अर्को सिलिण्डरमा खन्याई ग्यास खुद्रा बिक्री नगर्न भनिएको छ। समय–समयमा गरिने अनुगमन तथा निरीक्षणका क्रममा दिएको निर्देशन पालना गर्न प्रशासनले भनेको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर