Thursday, June 4, 2026

यातायात कार्यालय कलैयाको राजस्वमा उल्लेखनीय वृद्धि, ९ महिनामा ५ करोडभन्दा बढी संकलन

spot_img

बारा,०९ चैत । बाराको कलैयास्थित यातायात व्यवस्था कार्यालयले चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो ९ महिनामा ५ करोड ४७ लाख १० हजार ९९५ रुपैयाँ राजस्व संकलन गर्दै उत्साहजनक प्रगति हासिल गरेको छ। सेवा प्रवाहमा गरिएको सुधार, सवारीसम्बन्धी गतिविधिमा आएको विस्तारले राजस्व संकलनमा सकारात्मक प्रभाव पारेको हो।

संकलित रकममध्ये चालक अनुमति पत्र (लाइसेन्स), सवारी दर्ता तथा ब्लु बुकसम्बन्धी सेवाबाट मात्रै ३ करोड २५ लाख ५५ हजार ६८५ रुपैयाँ प्राप्त भएको छ, जुन कुल राजस्वको आधाभन्दा बढी हिस्सा हो। यसैगरी, सवारीसाधन करबाट १ करोड ८० लाख ५० हजार ६६० रुपैयाँ र अन्य यातायात शीर्षकबाट ४० लाख ९० हजार १५० रुपैयाँ राजस्व संकलन भएको कार्यालय प्रमुख चिन्तन आचार्यले जानकारी दिएका छन्।

पछिल्लो समय कार्यालयले सेवाग्राहीमैत्री वातावरण निर्माणमा जोड दिएकाले लाइसेन्स नवीकरण र नयाँ दर्ता गर्ने नागरिकको संख्यामा वृद्धि भएको आचार्यले जानकारी दिेए । स्थानीय स्तरमा आर्थिक गतिविधि चलायमान हुनु जस्ता कार्य बढ्नुलाई पनि राजस्व वृद्धिको मुख्य कारण मानिएको छ।

यद्यपि, गत आर्थिक वर्षको कुल ९ करोड ९३ लाख ८४ हजार ४९६ रुपैयाँको लक्ष्य भेट्टाउन बाँकी तीन महिनामा उच्च दरमा राजस्व संकलन गर्नुपर्ने चुनौती देखिएको छ। आर्थिक वर्षको अन्तिम त्रैमासमा सवारी कर तिर्ने र लाइसेन्स नवीकरण गर्नेहरूको चाप स्वभाविक रूपमा बढ्ने भएकाले बाँकी अवधिमा लक्ष्यको नजिक पुगिने अपेक्षा गरिएको कार्यालय प्रमुख आचार्यले जानकारी दिएका छन्।

समग्रमा, सेवालाई अझ पारदर्शी र छिटोछरितो बनाउन सके आगामी दिनमा कार्यालयको कार्यक्षमता र राजस्व दुवैमा थप सुधार आउने देखिन्छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर