Tuesday, August 4, 2026

बारामा एसईईको लागि १५२ विद्यालयको परीक्षा केन्द्र ३० वटा विद्यालयमा 

कलैया, ११ चैत। शिक्षा विकास तथा समन्वय इकाई बाराले माध्यमिक शिक्षा परीक्षा (एसईई) को लागी ३० वटा विद्यालयमा परीक्षा केन्द्र तोकेको छ।

आगामी चैत १९ गतेदेखि सुरु हुने एसईई परीक्षामा बारा जिल्लाबाट साधारण नियमित तर्फ ८ हजार ३ सय ७७ जना, २०८० र ०८१ को ग्रेड वृद्धि तर्फ एक हजार ९ सय ३३ र २०७९ को ग्रेड वृद्धि तर्फका ६६ जना गरी १० हजार ३ सय ७६ जना परीक्षार्थी सहभागी हुने छन्।

यस्तै प्राविधिक धार तर्फ नियमित ३ सय ७५ जना र ग्रेड वृद्धि तर्फ ६३ जना गरी ४ सय ३८ जना र बारा जिल्लाबाट समग्रमा १० हजार ८ सय १४ जना परीक्षार्थी सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाई बाराका प्राविधिक सहायक उपेन्द्र चौधरीले जानकारी दिनुभयो।

बारा जिल्लाबाट यस वर्षको एसईई परीक्षामा एक सय २ सामुदायिक विद्यालय र ५० वटा संस्थागत विद्यालय गरी १५२ वटा विद्यालयका विद्यार्थी सहभागी हुने प्राविधिक सहायक चौधरीले बताउनुभयो।  यहि हप्ता भित्र परीक्षा केन्द्र प्रकाशित गर्ने इकाईको तयारी छ।

बारा अपडेटको एसईई परीक्षा तालिका

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर