कलैया, १५ चैत । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ ।
सुनको मूल्य तोलामा पाँच हजार रुपैयाँले बढेर प्रतितोला दुई लाख ८६ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार (चैत १३) सुनको मूल्य तोलामा दुई लाख ८१ हजारमा कारोबार भएको थियो ।
त्यस्तै, यसदिन चाँदीको मूल्य पनि बढेको छ । चाँदी तोलामा ५० रुपैयाँ बढेर प्रतितोला चार हजार ७२० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।





