Thursday, June 4, 2026

बाराका दुईसहित देशभरबाट ९ जना लागूऔषधसहित पक्राउ

spot_img

कलैया, १७ चैत । नियमित गस्तीमा खटिएको प्रहरी टोलीले बाराका दुई जनासहित देशका विभिन्न स्थानबाट नौ जनालाई लागूऔषधसहित पक्राउ गरेको छ।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार झापाको भद्रपुर नगरपालिका–५ नयाँबजारबाट एक, मोरङको उर्लाबारी महानगरपालिका–७ बरगाछीबाट दुई तथा बाराको जितपुर सिमरा उपमहानगरपालिका–१० नितनपुरबाट दुई जनालाई खैरो हेरोइन र नगद रु ६ हजार ७५० सहित पक्राउ गरिएको हो।

यसैगरी तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढापटारबाट एक, पर्साको वीरगञ्ज महानगरपालिका–१६ बाट दुई र सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–८ बाट एक जनालाई सोमबार पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उनीहरूबाट चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने १ हजार ७०० ट्याब्लेट ट्रामाडोल बरामद गरिएको छ। पक्राउ परेकाहरूलाई सम्बन्धित जिल्ला प्रहरी कार्यालयमार्फत थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर