कलैया, २२ चैत । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । आइतबार सुनको मूल्य प्रतितोला दुई लाख ९४ हजार रुपैयाँ कायम गरिएको छ नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
अघिल्लो कारोबार दिन चैत २० गते शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य चार हजार ८ सय ३० रुपैयाँ नै कायम भएको छ ।
महासंघका अनुसार अघिल्लो कारोबार दिन शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।





