कलैया, २३ चैत। आज सुनको मुल्य तोलामा २ हजार ६ सय रुपैयाँले घटेको छ ।
आज सुनको मुल्य प्रतितोला २ लाख ९१ हजार ४ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि आइतबार सुन तोलामा २ लाख ९४ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको मुल्य पनि घटेको छ । चाँदी प्रतितोला ५० रुपैयाँले घटेर ४ हजार ७ सय ८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । यस अघि आइतबार चाँदी प्रतितोला ४ हजार ८३० रुपैयाँमा कारोबार भएको थियो ।





