Thursday, June 4, 2026

पर्सामा पाँच जना जुवाडे पक्राउ

spot_img

वीरगञ्ज, २४ चैत । पर्सा प्रहरीले पाँच जना जुवाडेहरुलाई सोमबार राति पक्राउ गरेको छ। प्रहरीले पर्सा जिल्लाको पर्सागढी नगरपालिका वडा नं.३ बडनिहार विरुवागुठी स्थित दिलमाया तामाङले सञ्चालन गरेकी गौरे कटेज खाजा पसलबाट उनीहरुलाई पक्राउ गरेको हो।

जुवातास खेलिरहेका छन् भन्ने खबर प्राप्त हुनासाथ तत्काल जिल्ला प्रहरी कार्यालय पर्सा तथा मातहत इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको प्रहरी टोलीले जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई फेला पारेको हो।

पक्राउ पर्नेमा पर्सागढी नगरपालिका वडा नं.३ बस्ने ५७ वर्षीय वीरेन्द्र साह, सोही वडा का ३१ वर्षीय शिशिर तामाङ,३८ की दिलमाया तामाङ,वडा नं.४ बस्ने ४० वर्षीय सुरेन्द्र चौधरी र वीरगञ्ज महानगरपालिका वडा नं.३१ बस्ने २७ वर्षीय अरबिन्द गौरो थारु रहेका छन् । उनीहरुसंग तीन सेट तास र १५ हजार ५५ रुपैयाँ बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले जानकारी दिएका छन् ।

उनका अनुसार उनीहरुलाई नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान भैरहेको र उनीहरू उपर सार्बजनिक शान्ति विरुद्दको कसूर अन्तर्गत दफा १२५ को जुवा खेल्न नहुने अन्तर्गत आवश्यक कानूनी कारवाही हुने छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर