Thursday, June 4, 2026

सार्वजनिक तथा गोचर जग्गामा बनाइएका अवैध संरचना हटाउन जीतपुरसिमरा उपमहानगरको कडा निर्देशन

spot_img

बारा,२५ चैत । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले वडा नं. ७ अन्तर्गत पर्ने सार्वजनिक तथा गोचर जग्गामा बनाइएका अवैध संरचना हटाउन सूचना जारी गरेको छ ।

उपमहानगरपालिका कार्यपालिकाको कार्यालयद्वारा जारी सूचनाअनुसार जीतपुर स्थित पथलैया–वीरगञ्ज ६ लेन सडकको पूर्व–पश्चिम क्षेत्रमा पर्ने साविक जीतपुर भवानीपुर गाविस वडा नं. ३ अन्तर्गत विभिन्न कित्ताहरू मा रहेका सार्वजनिक तथा गोचर जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना अनिवार्य रूपमा हटाउन भनिएको हो ।

उपमहानगरपालिकाले आगामी २०८३ बैशाख २ गतेसम्म सबै अतिक्रमित संरचना स्वेच्छाले हटाउन सम्बन्धित पक्षलाई आग्रह गरेको छ। तोकिएको समयभित्र संरचना नहटाएमा बैशाख ३ गते बिहान ७ बजेपछि उपमहानगरपालिकाले स्वयं हटाउने चेतावनी दिइएको छ ।

यसरी हटाइने क्रममा लाग्ने सम्पूर्ण खर्च स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४५ (४) अनुसार सम्बन्धित व्यक्तिबाट असुल गरिने पनि सूचनामा उल्लेख छ ।उक्त सूचना प्रशासनिक अधिकृत रामेश्वर बनजाराद्वारा हस्ताक्षरित छ । उपमहानगरपालिकाले सार्वजनिक जग्गाको संरक्षण र व्यवस्थापनलाई प्रभावकारी बनाउन यस्तो कदम चलाएको जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर