Tuesday, July 21, 2026

कारागार शाखाको नाममा दर्ता सरकारी जग्गा अतिक्रमण हटाउन बारा प्रशासनको सूचना

कलैया, २६ चैत । बारामा कारागार शाखाको नाममा दर्ता रहेको सरकारी जग्गामा भएको अतिक्रमण हटाउन जिल्ला प्रशासन कार्यालय बाराले सूचना जारी गरेको छ। जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले सार्वजनिक जग्गा अतिक्रमण हटाउन आज सूचना जारी गरेका हुन्।

सिडिओद्वारा हस्ताक्षरित सूचनामा बारा जिल्लाको कलैया उपमहानगरपालिका वडा नं. ४ (साविक कलैया गा.वि.स. वडा नं. ५) स्थित कारागार शाखा कार्यालय, कलैयाको नाममा दर्ता कायम रहेको कि.नं. १०३, १०२ र ४४४ नम्बरका सरकारी जग्गामा गरिएको अनुसन्धान, स्थलगत निरीक्षण तथा नापजाँचका क्रममा विभिन्न व्यक्तिहरूद्वारा लामो समयदेखि गैरकानूनी रूपमा स्थायी तथा अस्थायी संरचना निर्माण गरी प्रयोग गरिएको पाइएको उल्लेख छ।

उक्त जग्गा प्रयोग गर्ने सम्बन्धमा कुनै सरकारी निकायसँग सम्झौता नगरी आफूखुशी बसोबास तथा संरचना निर्माण गरिएको देखिएकाले सो कार्य प्रचलित कानून विपरीत भएको सूचनामा जनाइएको छ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ९ को उपदफा ६ (क) बमोजिम सूचना प्रकाशित भएको मितिले १ महिनाभित्र उल्लिखित कित्ताहरूमा निर्माण भएका सम्पूर्ण स्थायी तथा अस्थायी संरचनाहरू हटाउन निर्देशन दिइएको छ। तोकिएको समयभित्र संरचना नहटाइएमा प्रचलित कानून बमोजिम कारबाही हुने प्रशासनले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर