Saturday, September 26, 2026

बारामा एसईईको उत्तरपुस्तिका परीक्षण सम्पन्न

Advertisement
Advertisement

बारा, ३० चैत । बारा जिल्लामा यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका परीक्षण कार्य सम्पन्न भएको छ। शिक्षा विकास तथा समन्वय इकाइ बाराका अनुसार जिल्लाका सबै विद्यालयमा अध्यापन हुने विषयहरूको उत्तरपुस्तिका परीक्षण जिल्लामै गरिएको हो।

इकाइका निमित्त प्रमुख अशोक कुमार रौनियारले परीक्षण गरिएका उत्तरपुस्तिकाको नतिजा प्रमाणीकरण गरी आजै (चैत ३० गते) राष्ट्रिय परीक्षा बोर्डमा बुझाइने जानकारी दिनुभयो। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमन्त पोखरेलले कार्यभार सम्हालेपछि एसईईको नतिजा एक महिनाभित्रै सार्वजनिक गर्न निर्देशन दिनुभएको थियो। सोही निर्देशन बमोजिम बोर्डले उत्तरपुस्तिका परीक्षण परीक्षा केन्द्रबाटै गर्ने गरी निर्देशिका जारी गरेसँगै काममा तीव्रता दिइएको हो।

यस वर्ष बाराबाट साधारण नियमिततर्फ ८ हजार ३ सय ७७ जना परीक्षार्थी सहभागी भएका छन्। त्यस्तै, २०८० र २०८१ को ग्रेड वृद्धितर्फ १ हजार ९ सय ३३ जना र २०७९ को ग्रेड वृद्धितर्फ ६६ जना परीक्षार्थी रहेका छन्। प्राविधिक धारतर्फ नियमित ३ सय ७५ र ग्रेड वृद्धितर्फ ६३ गरी कुल ४ सय ३८ जना विद्यार्थीले परीक्षा दिएका छन्। जिल्लाभरबाट कुल १० हजार ८ सय १३ जना परीक्षार्थी सहभागी भएको यस वर्षको परीक्षामा बाराका १०२ सामुदायिक र ५३ संस्थागत विद्यालय समेटिएका छन्।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर