Thursday, June 4, 2026

बारामा रिलायन्स सुगर मिलद्वारा यस वर्षको उखु क्रसिङ सिजन समापन

spot_img

बारा, ०१ वैशाख । बारामा रहेको रिलायन्स सुगर एण्ड केमिकल इन्डस्ट्रिजले आर्थिक वर्ष २०८२/०८३ को उखु क्रसिङ सिजन औपचारिक रूपमा समापन गरेको छ ।

उद्योगले हालै सार्वजनिक गरेको एक आधिकारिक सूचना अनुसार यस वर्षको उखु क्रसिङ कार्य २०८२ साल चैत २६ गते बिहीबारदेखि बन्द गरिएको हो । उद्योगका वरिष्ठ प्रशासकीय अधिकृत राम नारायण यादवद्वारा हस्ताक्षरित सूचनामा यस वर्ष उद्योगले कुल २९ लाख २९ हजार २ सय ६९ क्विन्टल उखु क्रसिङ गरेको उल्लेख छ ।

यो परिमाण उद्योगले यस वर्षका लागि राखेको लक्ष्यभन्दा केही कम हो । ५० लाख क्विन्टल उखु क्रसिङ गर्ने क्षमता रहेको उद्योगले यस वर्ष ३३ लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य राखेको थियो । तर, उखुको आपूर्तिमा कमी आएका कारण २९ लाख २९ हजार क्विन्टलभन्दा बढी उखु मात्र क्रसिङ हुन सकेको उद्योग प्रशासनले जनाएको छ ।

सिजन समापनको अवसरमा उद्योगले एक सार्वजनिक सूचना जारी गर्दै उखु आपूर्ति गर्ने सम्पूर्ण किसानहरूलाई धन्यवाद ज्ञापन गरेको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर