Thursday, June 4, 2026

बारामा एक करोड बढीको अवैध सामान बरामद

spot_img

बारा, ०३ वैशाख । सशस्त्र प्रहरीले बारा जिल्लामा पछिल्लो साढे दुई महिनाको अवधिमा एक करोड रुपैयाँभन्दा बढी मूल्यको अवैध सामान बरामद गरेको छ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गण हे.क्वा. बाराका गणपति, सशस्त्र प्रहरी उपरीक्षक विशाल सिलवालले कार्यभार सम्हालेयताको विवरण सार्वजनिक गर्दै १ करोड १४ लाख रुपैयाँ बराबरको अवैध मालसामान बरामद गरी भन्सार कार्यालयमा बुझाइएको जानकारी दिएका छन्। उनी माघ १८ गते बारामा कार्यभार सम्हालेका हुन ।

पछिल्लो कारबाही अन्तर्गत सीमा सुरक्षा गुल्म मटिअर्वाबाट सशस्त्र प्रहरी नायब उपरीक्षक नारायण पौडेलको कमाण्डमा खटिएको गस्ती टोलीले वैशाख १ गते मंगलबार करिब १३ लाख रुपैयाँ बराबरको सामान बरामद गरेको छ।

बरामद सामानहरूमा कपडा, चकलेट र मोबाइलका पार्टपुर्जाहरू रहेका छन्। यसैगरी, बिओपी पिपरपातीबाट खटिएको टोलीले वैशाख २ गते बुधबार बिआर ०५ बी २५८४ नम्बरको मोटरसाइकलसहित १ लाख ५७ हजार रुपैयाँ बराबरको मदिरा बरामद गरेको छ।

त्यस्तै, बिओपी बरैनियाको टोलीले पनि बिआर ०१ बीजी ९१०७ नम्बरको मोटरसाइकलमा लुकाइछिपाइ ल्याउँदै गरेको अवैध कपडा नियन्त्रणमा लिएको छ।

गणपति सिलवालका अनुसार सीमा क्षेत्रमा तस्करी नियन्त्रणका लागि सक्रियता बढाइएको छ। उनले सीमा क्षेत्रमा खटिएका सबै युनिटहरूलाई तस्करी नियन्त्रणमा शून्य सहनशीलता अपनाउन निर्देशन दिएका छन्।

सीमामा हुने चोरी–पैठारी रोक्न गणबाट समेत सिनियर अधिकृतको नेतृत्वमा दुईवटा विशेष टोली २४सै घण्टा आकस्मिक जाँचका लागि परिचालन गरिएको सिलवालले जानकारी दिए ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर