Tuesday, August 4, 2026

५ पटकभन्दा बढी ट्राफिक नियम उल्लंघन गर्ने ८ जनाको लाइसेन्स निलम्बनका लागि सिफारिस

बारा, ०३ वैशाख । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, पथलैया बाराले ५ पटकभन्दा बढी ट्राफिक नियम उल्लंघन गर्ने ८ जना सवारी चालकहरूको अनुमतिपत्र (लाइसेन्स) निलम्बनका लागि यातायात व्यवस्था कार्यालय वीरगन्ज पठाएको छ।

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को परिच्छेद ४ को दफा ६० बमोजिम यो कदम चालिएको हो। उक्त दफामा “चालकले पालना गर्नुपर्ने सर्तहरू ५ पटकभन्दा बढी उल्लंघन गरेको प्रमाणित भएमा अधिकार प्राप्त अधिकारीले त्यस्तो चालकको अनुमतिपत्र ६ महिनासम्म निलम्बन गर्न सक्ने” व्यवस्था छ।

कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक वकिल बहादुर सिंहका अनुसार, पटक-पटक नियम मिच्ने चालकहरूलाई निरुत्साहित गर्न र सडक अनुशासन कायम राख्न यो कारबाही प्रक्रिया अगाडि बढाइएको हो।

साथै, अबदेखि मधेश प्रदेश अन्तर्गतका सबै ट्राफिक प्रहरी कार्यालयहरूले समेत सोही ऐनको परिच्छेद १० अन्तर्गत ट्राफिक प्रहरीलाई प्रत्यायोजित दफा १६० र तत्काल कारबाही गर्न सकिने दफा १६४ बमोजिमका कसुरहरू ५ पटकभन्दा बढी दोहोर्‍याउने चालकहरूको लाइसेन्स निलम्बनका लागि सिफारिस गर्ने जानकारी दिइएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर