Saturday, September 26, 2026

बारामा अवैध कपडा आयात प्रकरणमा तीन जनाविरुद्ध अदालतमा मुद्दा दायर

Advertisement
Advertisement

बारा ०४ बैशाख ।  रेडिमेड कपडाको अवैध आयात गरी राजस्व छलिएको प्रकरणमा राजस्व अनुसन्धान कार्यालय पथलैयाले तीन जनाविरुद्ध अदालतमा मुद्दा दायर गरेको छ। राजस्व अनुसन्धान कार्यालय पथलैयाले अनुसन्धान पूरा गरेपछि उक्त प्रकरण बारा जिल्ला अदालतमा पुगेको हो।

मुद्दाका मुख्य अभियुक्त पर्साको वीरगञ्ज महानगरपालिका–वडा नं.२४ निवासी ५६ वर्षीय दिलिप साह रहेका छन्। उनीमाथि नेपाल सरकारलाई तिर्नुपर्ने राजस्व नतिरी भन्सार छलीमार्फत कपडा भित्र्याएको आरोप छ।

विभागका अनुसार दिलिप साहबाट २ करोड ३६ लाख ८५ हजार ८५१ रुपैयाँ बराबरको बिगो कायम गरिएको छ, जसअनुसार सो रकम जफतसँगै शतप्रतिशत जरिवाना र कैद सजायको माग गरिएको छ।

यस प्रकरणमा अन्य दुई जना रौतहट फतुवा विजयपुर नगरपालिका वडा नं.११ का २८ वर्षीय राजु प्रसाद खान र बारा करैयामाई गाउँपालिका वडा नं.५ का २५ वर्षीय सन्तोष चौधरीलाई पनि प्रतिवादी बनाइएको छ। उनीहरूले भि.सि.टि.एस. प्रणालीको दुरुपयोग गर्दै मालवाहक सवारीमार्फत अवैध सामान ओसारपसारमा सहयोग गरेको अनुसन्धानबाट खुलेको छ।

दुवैलाई मद्दत मतियारको रूपमा मुख्य अभियुक्तलाई हुने सजायको आधा सजायको माग गरिएको छ। साथै, अपराध पीडित संरक्षण ऐनअनुसार क्षतिपूर्ति असुल गर्नसमेत मागदाबी गरिएको छ। राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ अन्तर्गत दायर गरिएको यो मुद्दा चैत ३० गते अदालतमा पेश गरिएको हो।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर